भक्तपुरस्थित निवर्तमान सञ्चामन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
विस्फोटमा संलग्न रहेको आरोपमा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका कार्यकर्ता देव गुरुङ पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले विस्फोट गराउनेको खोजी कार्य जारी रहेको बताए। उनले केही मानिसहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएकोसमेत डिसी नेपाललाई जानकारी दिए। उनले भने, ‘विस्फोटपछि हामी सक्रिय रुपमा विस्फोट गराउनेको खोजीमा लागेका छौं। शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं। हाललाई अनुसन्धान जारी छ।’
बुधबार बिहानै बाँस्कोटाको निर्माणाधीन घरमा विस्फोट गराइएको थियो।








