पूर्व मन्त्री शेर्माको शोकमा चैत २ गते देशैभरिका कांग्रेस कार्यालयहरु बन्द हुने



कांग्रेस केन्द्रीय कार्यसमिति आकस्मिक बैठकले आगामी चैत २ गते पार्टीको केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

पूर्वकेन्द्रीय सदस्य एबम पूर्वमन्त्री पूर्णकुमार सेर्माको सम्मानमा कांग्रेसले चैत २ गते सम्पूर्ण पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले पूर्वकेन्द्रीय सदस्य सेर्माको निधनप्रति गहिरो दुःख समेत व्यक्त  गरेको छ

बैठकले शुक्रबारदेखि आइतबारसम्म तीनदिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरूमा पार्टीको झन्डा आधा झुकाउने पनि निर्णय गरेको र नेता सेर्माको निधन भएको १३औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको बैठकपछी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ८ : २२ बजे