डडेल्धुराका सीमा क्षेत्रमा शुरु भयो हेल्थ डेस्क



भारतमा कोरना भाईरसको जोखिम वढ्दै गएपछि डडेल्धुराका दुई सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। स्वास्थ्य कार्यालय र परशुराम नगरपालिकाको समन्वयमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएपछि भारत वाट नेपाल भित्रिने मानिसहरुको स्वास्थ्य परिक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरेको हो।

नगरपालिकाको वडा नं ५ परिगाउँको बाङ्घाट र वडा नं ६ तातापानीको सिसमजाला घाटमा हेल्थ डेस्कको स्थापना गरेको पर्शुराम नगरपालीका डडेल्धुराका उप प्रमुख कलावती वोहराले बताए । अहिे एक जना स्वास्थ्य कर्मी राखिएको भएपनि आवश्यकता परे स्वास्थ्य कर्मी थप्दै लैजाने समेत उप प्रमुख वोहराले बताए ।

नगरवासीका साथै जिल्लावासीकै स्वास्थय प्रति आफुहरु गम्भीर रहेको वताउँदै उप प्रमुख वोहराले कोरना भाईसको जोखिमलाई रोक्नका साथै कोरना भाईसको संक्रमण देखिएमा उपचारका लागि पनि आफुहरुले तयारी गरेको समेत बताए

भारत संगको सिमानाकामा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षण गरीरहेको र हाल सम्म कुनैमा पनि संक्रमण नदेखीएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख अशुतोष श्रेष्ठले बताए। भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले जानकारी दिए। हेल्थ डेस्कमा हाललाई एक–एकजना स्वास्थ्यकर्मी शीर्ष स्वास्थ चौकीबाट खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताए।

आइसोलेसन वार्डको व्यवस्था

कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि परशुराम नगरपालिका–१२ मा रहेको जोगबुडा अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। यसैगरी डडेल्धुरा अस्पतालमा पनि आईसोलेसन वार्डको स्थापना गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ११ : १८ बजे