नेपाली काङ्रेसका पुर्व महासमिती सदस्य कुश श्री न्यौपानेले नेपाली काङ्रेसको नेतृत्वमा अब कोरोना सम्बन्धी जन चेतना र रोकथामका लागी उचित पहल गर्नु पर्ने बताएका छन ।
उनले भने ” सरकार लाचार छ र भ्रस्टचारमै ब्यस्थ छ, सरकारमा नभए पनि काङ्ग्रेसको जिम्मेवारी जनताको रक्षा गर्ने हो । आफ्नो संरचनाको प्रयोग गरेर काङ्ग्रेसले देश भरी सन्देश पुर्याउन सक्छ । जनता आत्तिएको अवस्था छ, यो अवस्थामा सही सुचना पुर्याउन अत्यन्त जरुरी छ । काङ्ग्रेसले कालो बजारीको पनि अनुगमन गर्नु पर्छ । छाया सरकारको गतिबिधी जनताले खोजेको बेला यही नै हो ।”उनले थपे -” काङ्ग्रेस पुरानो अवस्थामा ल्याउन सबै कृयासिललाई भुमिका दिएर जनतामाझ पुग्न पठाएर जनता को यस त्रासको घडीमा साथ दिनु पर्छ । ”
उनले कालो बजारी रोक्न र कोरोना बिरुद्द जनचेतना फैलाउन सरकार र सबै राजनितिक पार्टी एक भएर काम गर्नुपर्नेमा जोड दिए ।








