कोरोना भाइरस नियन्त्रणबारे कांग्रेस नेता सिंहले गरे वाग्मती प्रेदश सांसदहरुसग छलफल



नेपाली कांग्रेसका पूर्वमहामन्त्री एबम नेता प्रकाशमान सिंहले बागमती प्रदेश सभामा कांग्रेसबाट निर्वाचित सदस्यहरूसँग छलफल गरेका छन्।

छलफलमा नेता सिंहले वाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरुलाई कोरोना भाइरसका बारेमा जनचेतना फैलाउने काममा जुट्न आग्रह गरेको बताइएको छ ।

नेता सिंहले आइतबार ठमेलस्थित आफ्नो निवासमा बोलाएर  प्रदेशसभा सदस्यहरुलाई कोरोनाको संक्रमणबाट जोगिनका लागि जनचेतना फैलाउने काममा जुट्न आग्रह गरेका हुन् ।

“प्रदेशसभा सांसदहरुलाई प्रदेशसभामा निर्वाह गरेको भूमिका, परिस्थिति के कस्तो छ भन्ने बारेमा छलफलका लागि बोलाउनुभएको थियो,” छलफलमा सहभागी कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले भने, “कोरोना भाइरसका बारेमा पनि व्यापक रुपमा प्रचार प्रसार गरेर जनचेतना फैलाउने काम गर्नुपर्‍यो । जनप्रतिनिधि भइसकेपछि सबै कुरामा सचेत गराउनुपर्‍यो भन्ने बारेमा कुराकानी भयो ।”

पार्टीको आगामी महाधिवेशनको सुनिश्चितताका लागि गर्नुपर्ने कामका बारेमा पनि छलफल भएको थियो । छलफलमा काठमाडौंमा उपलब्ध प्रदेश सभा सदस्य र पार्टीका काठमाडौं जिल्ला सभापति सबुज बानियाँ उपस्थित थिए।

प्रकाशित मिति : चैत्र २, २०७६ आइतबार  १ : १० बजे