कोरोना भाइरसविरुद्ध लड्न आपतकालिन कोष बनाउन भारतिय प्रधानमन्त्री मोदिको प्रस्ताब



भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड(१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ ।

सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष्को प्रस्ताब गर्दै भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा गरेकाअ हुन ।

कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सक्ने उनले बताए ।भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउदा दिनमा यसको संक्रमण बढ्न दिनुहुँदैन् । इमरजेन्सी फण्ड निर्माण गरौँ, त्यसका लागि भारतले १० मिलियन युस डलर भारतले फण्डमा राख्छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए ।

भारतले विशेषज्ञ र डाक्टर संलग्न र्‍यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै उनले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने बताए । महामारीजन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने भन्दै मोदीले भारतको मेडिकल रिसर्च काउन्सिलले पनि समन्गवय गर्नसक्ने बताए ।

छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  १ : १९ बजे