काँग्रेस नेता कार्कीको अगुवाइमा सोलुखुम्बुका बिधार्थिहरुलाई लायन्स क्लबद्वारा स्कुल ब्याग बितरण



लायन्स  क्लब अफ काठमाडौ क्यापिटलको सहकार्य र नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा सोलुखुम्बु जिल्लाका बिभिन्न बिधालयका बिधार्थिहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । जिल्लाका सोलु दुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाका जम्मा १४ वटा बिभिन्न बिधालयका कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुलाइ स्कुल ब्याग बितरण गरिएको हो ।

बिधार्थिहरुलाई झोला बितरण गर्दै नेता कार्किले सोलुखुम्बु जिल्लाको शिक्षा क्षेत्र र बिधार्थिहरुलाई निरन्तर सहयोग गर्न पाउनु आफ्ना लागी खुशीको कुरा भएको बताए ।

जिल्लाका सरकारी सामुदायिक बिधालयहरुको शिक्षामा सुधार गर्न सके मात्रै सबै बिधार्थिहरुका लागी गुणस्तरिय शिक्षा उपलब्ध हुन सक्ने भएकाले जिल्लाका सबै सरकारी सामुदायिक बिधालयहरुको अवस्थामा सुधार गर्न सबैले मिलेर काम गर्नु पर्ने जरुरी रहेको नेता कार्किले उल्लेख गरे ।

समाजमा पछाडी परेका सबैलाई आर्थिक समाजिक र राजनीतिको मुलधारमा ल्याउन पनि सरकारी सामुदायिक बिधालयहरुको क्षमता अभिबृद्दी र गुणस्तरमा सुधार ल्याउनुपर्नेमा नेता कार्किको जोड थियो ।सोलुखुम्बु जिल्लाको शिक्षा र अन्य सबै क्षेत्रको बिकाशका लागि जिल्लाका सबै सग हातेमालो गर्दै आफुले सहयोग जारी राख्ने पनि कार्किले बताए ।

जिल्लाका बिभिन्न बिधालयहरुमा आयोजना गरिएको स्कुल ब्याग बितरण कार्यक्रममा  बिधालयका प्राचार्य एबम प्रधानाध्यापक्हरु , लायन्स क्लब अफ काठमाडौ क्यापिटलका अध्यक्ष एबम समाजसेवी मन्दिरा बस्नेत कार्की ,लियो क्लब अफ काठमाडौ क्यापिटलका अध्यक्ष सुश्री एनि तामाङ, शिक्षक अभिभाबक र बिधार्थिहरु तथा बिभिन्न राजनितिक दलका स्थानिय नेताहरुको उपस्थिती थियो ।

झोला पाएपछी बिधार्थीहरु खुशी देखिएका थिए भने लाइन्स क्लब अफ काठमाडौ क्यापिटलले पटक पटक बिधालयहरुमै पुगेर पुर्याएको बिभिन्न किसिमको सहयोगले जिल्लाको शिक्षाको बिकाशमा टेवा पुर्याइरहेको उक्त अबसरमा उपस्थित शिक्षक तथा अभिभाबकहरुले बताएका थिए ।

लायन्स  क्लब अफ काठमाडौ क्यापिटलले यस अघी देखीनै सोलुखुम्बु लगायत अन्य जिल्लाहरुका सरकारी सामुदायिक बिधालय र बिधार्थिहरुलाई पुर्याउदै आएको सहयोगको निरन्तरता स्वरुप बिधार्थिहरुलाई झोला बितरण गरिएको हो ।

क्लबले अघिल्लो बर्ष बिधालयहरुको शिक्षण प्रणालीलाइ अहिलेको प्रबिधीसग जोड्न बिभिन्न बिधालयहरुलाई ल्याप्टप बितरण गरेको थियो भने क्लबले जेहेन्दार बिधार्थिहरुको पढाइलाई सहयोग पुर्याउन बिधालयहरुसगको सहकार्यमा छत्रबृत्ती अक्षयकोष समेत स्थापना गरीरहेको छ ।

क्लबले सामाजिक सहयोगलाई निरन्तरता दिएकोमा स्थानियहरुले खुशी ब्यक्त गरेका छन ।

 

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ५ : ५१ बजे