शुक्रबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै बैठक स्थगित गरिएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
यस सगै प्रतिनिधिसभा र राष्ट्रियसभा संसदका दुवै सदनको बैठक स्थगित भएको छ ।








