नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने निजी विद्यालयहरूमाथि कारबाहीको माग गरेको छ ।
अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइरहेका निजी विद्यालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, एसईई जस्तो महत्त्वपूर्ण परीक्षासमेत स्थगित गरेको अवस्थामा विद्यार्थीहरूको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै प्रवेश परीक्षा सञ्चालन गर्ने निजी विद्यालयहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्दै छौं ।”









