केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले कम्तिमा १४ दिन नेपाललाइ लक डाउन गर्न सुझाब दिएका छन ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले सरकारलाई यस्तो सुझाब सहितको आग्रह गरेका हुन ।
पौडेलले ट्विटरमा भनेका छन ‘‘सरकारसँग हाम्राे विनम्र आग्रह कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन होस् ,हामीमा जुन त्रास छ त्याे हटाउन हामी सबै एक हौ र सरकारलाई साथ दिऊ” ।
उनले धेरै देशहरुमा काेराेना भाईरसलाई हेलचेक्राई गर्दा ठुलो मात्रामा फैलिएकाे र धेरै मान्छे संक्रमित भएकाे देखिएकोले सतर्कता अपनाउनुपर्ने पनि बताएका छन ।
धेरै देशका जनताहरुले काेराेना #काेभिड१९भाईरसलाई हेलचेक्राई गर्दा याे फैलिएकाे र धेरै मान्छे संक्रमित भएकाे देखिएको छ तसर्थ सरकारसँग हाम्राे विनम्र आग्रह कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन होस् हामीमा जुन त्रास छ त्याे हटाउन हामी सबै एक हौ र सरकारलाई साथ दिऊ#staysafeathome
— Pradip Paudel (@paudelpradipNC) March 23, 2020










