हेलचेक्राई गर्दा अरु देशमा कोरोना फैलियो,हामी हेलचेक्राई नगरौ : कांग्रेस नेता प्रदिप पौडेल



केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले कम्तिमा १४ दिन नेपाललाइ लक डाउन गर्न सुझाब दिएका छन ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले सरकारलाई यस्तो सुझाब सहितको आग्रह गरेका हुन ।

पौडेलले ट्विटरमा भनेका छन ‘‘सरकारसँग हाम्राे विनम्र आग्रह कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन होस् ,हामीमा जुन त्रास छ त्याे हटाउन हामी सबै एक हौ र सरकारलाई साथ दिऊ” ।

उनले धेरै देशहरुमा काेराेना भाईरसलाई हेलचेक्राई गर्दा ठुलो मात्रामा  फैलिएकाे र धेरै मान्छे संक्रमित भएकाे देखिएकोले सतर्कता अपनाउनुपर्ने पनि बताएका छन ।

 

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  ८ : २० बजे