जनचेतना जगाउँन घर घरमा वडा अध्यक्ष



विस्वभरी कोरना भाईरसको संत्रास फैलिरहेका वेला कोरोना भाईरसको संक्रमण वाट वच्ने उपायका वारेमा जनचेतना जगाउँनका लागि डडेलधुरा अमरगढी नगरपालीका वडा २ का वडा अध्यक्षले घरदैलो अभियान संचालन गरेका छन् । भारतवाट आएकाहरु वाट गाउँमा पनि कोरना भाईरसको संक्रमण हुन सक्ने भन्दै सो वाट वच्नका लागि अमरगढी नगरपालीका वडा नम्वर २ का वडा अध्यक्ष मनोरथ खडायतले घरदैलो अभियान संचालन गरेका हुन् ।

अभियानका क्रममा प्रत्येक घरमा गई सावुन वितरण गर्नुका साथै सरसफाई गर्ने वारेमा सुझाव दिईरहेका छन् । कोरोना भाईरसको संक्रमण फैलिरहेको भारतमा काम गर्दै आएका स्थानियहरु घर आएकाले गाउँमा क्रोरना भाईरसको सक्रमण नहोस् भन्ने उदेश्यले भारतवाट आएकाहरुलाई घरमै क्वारेन्टाईनमा वस्नका लागि सल्लाह दिनुका साथै सावुन पानीले हात धुनका लागि सुझाव दिईरहेको वडा अध्यक्ष खडायतले वताउँनु भयो ।‘भारत वाट आएकाहरु गाउँमा आफ्नै परिवार संगै वस्ने भएकाले कोरोना संक्रमणको जोखिम हुन सक्दछ,त्यसैले भारत वाट आएकाहरुलाई आफ्नै घरमा क्यारेन्टाईनमा वस्नका लागि अनुरोध गरिरहेका छौं ।,’ उनले भन्नु भयो । ‘यसैगरी वाहिर वाट घरमा जाँदा होस् वा खानेकुरा खानु भन्दा पहिले सावुन पानीले हात धुनका लागि पनि सुझाव दिईनुका साथै कोरोना भाईरसको लक्ष्णका वारेमा जानकारी गराईरहेका छौं । ’ यसैगरी अध्यक्ष सहितको टोलीले कोरोना भाईरसको लक्ष्ण देखा परेमा नजिकैको स्वास्थ्य संस्था सहित डडेलधरा अस्पतालमा उपचारका लागि जान समेत सुझाव दिईरहनु भएको छ ।

वडा अध्यक्षले भारतवाट आएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाईनमा वस्नका लागि समेत आग्रह गरिरहनु भएको छ । मास्क वितरण गर्नु भन्दा पनि सावुन पानीले हातधुनु कोरोना भाईरस वाट वच्न सकिने उपयुक्त उपाय रहेको भन्दै वडा नम्वर २ का प्रत्येक घरका मानिसलाई सावुन वितरण गरिरहनु भएको छ ।

सावुनका साथै कोरोना भाईरसका वारेमा जानकारी पाएको भन्दै स्थानिय वासीन्दा खुसी भएका छन् । भारत वाट नेपाल आएकाहरु गाउँमा घरमा स्वयं क्वारेन्टाईनमा नवस्दा क्रोना भाईरसको जोखिम रहेकाले वडा कार्यालयले कोरोना भाईरसका वारेमा जचेतना जगाउँनका लागि घर दैलो अभियान संचालन गरेको हो । यसैगरी क्रोरना भाईरसको लक्ष्ण देखिएमा नजिको स्वास्थ्य संस्था एवं अस्पतालमा उपचार गराउँन समेत स्थानिय लाई सुझाव दिईन थालिएको छ । भारतवाट आएकाहरुका कारण वागवजार क्षेत्रमा भिडभाड वढी हुन थालेपछि स्थानियहरुले वागवजार क्षेत्रमा पनि हेलथ डेस्क स्थापना गर्नका लागि आग्रह गरेका छन् ।

डडेलधुरा सदरमुकामको वागवजार स्थित वस पार्क वाट सुदुरपश्चिमका सातवटै पहाडि जिल्लाका मानिसहरु ओहरदोहर गर्ने गरेका छन् । भारतमा कोरोना भाईरसको संक्रमण वढीरहेका समयमा भारतमा काम गर्ने सुदुरपश्चिमका पहाडि जिल्लाका नेपालीहरु डडेलधु।ा वस पार्क भएरै अन्य पहाडि जिल्ला जाने भएकाले कोरोना भाईरसको संक्रमणको जोखिम हुन सक्ने स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । यति मात्रै नभई जिल्ला सदरमुकाम क्षेत्रका चिया पसशलमा पनि मानिसहरुको चाप हुँदा सम्म पनि सरोकारवाला निकायले चासो नदिएको आम जनसमुदायहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  १२ : ३० बजे