सरकारविरुद्धका कारबाही बन्द गर्ने बिप्लबको घोषणा : कोरोना भाइरसविरुद्ध सचेतता अपनाउन आग्रह



विप्लव  नेकपाले सरकारविरुद्धको गतिविधि बन्द गरेको  छ ।  नेकपा महासचिव विप्लवले  प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सम्पूर्ण कारबाहीहरु बन्द गरिएको जनाएका हुन् ।

‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाही बाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँदछौं,’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्तिमार्फत् भनेको छ । कोरोनाले हाल सम्म नेपालमा क्षति नपुर्याएको भए पनि जोखिम बढेकाले यस्तो निर्णय गरेको बिज्ञप्तिमा जनाइएको छ ।

बिज्ञप्तिमा विप्लव नेकपाले कोरोना भाइरविरुद्ध जागरुक हुन कार्यकर्तालाई निर्देशन समेत गरेको छ ।

 

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  १ : १३ बजे