यो बर्षको घोडेजात्रा स्थगित



नेपाली सेनाले हरेक वर्ष मनाउदै आएको सास्कृतिक महत्व बोकेको घोडेजात्रा स्थगित गरेको छ । यसअघि सेनाले आन्तरिक रुपमा घोडेजात्रा मनाउने निर्णय गरेको भएपनी सरकारले लकडाउन गरेपछि घोडेजात्रा स्थगित गर्नु परेको नेपाली सेनाले बिज्ञप्तिमार्फत जनाएको छ ।

नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९ को जोखिमलाई मध्येनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार  ६ : ४२ बजे