प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री ओली डिस्चार्ज भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी गराएका छन ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा आेलीज्यू मनमाेहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएकाे छ । उहाँ सरकारी निवास बालुवाटार पुग्नुभएकाे छ । उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा धन्यवाद ज्ञापन गरिन्छ ।
— Surya Thapa (@ThapajiSurya) March 27, 2020
बिहिबार राती प्रधानमन्त्री ओलीले स्वास्थ्यमा अप्ठेरो महसुश गरेपछी उनलाई अस्पताल भर्ना गरिएको थियो ।










