लकडाउनको अवधीभर सोलुखुम्बुबासिहरुलाई कुनै समस्या परे सम्पर्क गर्न कांग्रेस नेता कार्किको अनुरोध



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले अहिले देशले झेलीरहेको लक डाउन सहितको अफ्ठेरो परीस्थितिमा सोलुखुम्बुबासिहरुलाई कुनै असहजता भए आफुलाई सम्झिन आग्रह गरेका छन ।

कोरोना भाइरस (कोविड्-१९)को जोखिम न्युनिकरणका लागि सावधानी अपनाउन र सामाजिक दुरि कायम राख्न समेत आग्रह गर्दै नेता कार्किले  कुनै असहजता आए सम्पर्क गर्न  सामाजिक सञ्जाल फेसबुक मार्फत सोलुखुम्बुबासिहरुलाई अनुरोध गरेका हुन ।

कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेको लक डाउनलाई सहयोग गर्दै सावधानी अपनाउनु र सामाजिक दुरि कायम राख्नु बाहेक अर्को विकल्प नभएको पनि कार्किले उल्लेख गरेका छन्।

सोलुखुम्बु जिल्लाका कोही कसैलाई लकडाउनको अवधीभर कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न अनुरोध गर्दै नेता कार्किले जिल्लाबासिहरुको समस्या समाधान गर्न आफु सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

सबैलाई सुरक्षित रहन आग्रह गर्दै नेता कार्किले भनेका छन ‘श्रमजीवी तथा बिपन्नबर्गलाइ लकडाउन अवधिभर समस्या परे समाधानका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु’।

कार्किले नेपाली कांग्रेसको राजनितीसगै सामाजिक काममा समेत निरन्तर सक्रीय रहदै सोलुखुम्बु जिल्लाको शैक्षिक ब्यबसायिक लगायत अन्य क्षेत्रको बिकाशमा निरन्तर योगदान पुर्याउदै आएका छन ।

राजनितिलाई बिकाश , समाज सेवा र निरन्तर  सहयोगसग जोड्ने कार्किको प्रयासलाई जिल्लाका सबैले सकारात्मक रुपमा लिएका छन ।

 

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  १२ : ०२ बजे