कांग्रेसका नेता रमेश लेखकले केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले सुदूरपश्चिमलाई विभेद गरेकोआरोप लगाएका छन । ।
नेता लेखकले सामाजिक सञ्जाल फेसबुकमा सुदूरपश्चिमका जिल्ला, पालिका र स्वास्थ्य संस्थाहरूलाई तत्काल आवश्यक सामग्री तत्काल पठाउन पनि सरकार सग माग गरेका छन ।
उनले स्वास्थ्य जाँच सामग्री वितरणमा ओली सरकारले सुदूरपश्चिमलाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन ।
उनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आफ्नो गृहप्रदेश सुदूरपश्चिमलाई १० वटा थर्मोमिटर मात्र पठाएको भन्दै आपत्ति जनाएका हुन् ।
‘सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा छ। भारतबाट हजारौं नागरिक आएका छन् । नौ जिल्ला, ८८ पालिका, साना ठूला गरी पाँच सय जति स्वास्थ सेन्टर छन्। तर सरकारले जम्मा १० थर्मोमिटर पठाएको छ ।’, नेता लेखकले आक्रोश पोखे ।








