यस्तो सरकारबाट नागरिकको स्वास्थ्य सुरक्षा कसरी हुन सक्छ ? कांग्रेस नेता प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सरकारका पछिल्ला गतिबिधीहरुप्रती सङ्केत गर्दै यस्तो सरकारबाट जनताको स्वास्थ्यको कसरी सुरक्षा हुन्छ भन्दै प्रश्न उठाएका छन ।

मानव सभ्यतानै आफ्नो अस्तित्वका निम्ति लडिरहेको स्वास्थ्य संकट आएको बेला ,स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको नेता पौडेलले आरोप लगाएका छन ।

सामाजिक सञ्जाल फेसबुक माटिप्पणी गर्दै पौडेलले  भ्रष्टाचारको बिरोधमा लेखिएको समाचार बदनितपुर्ण तरिकाबाट हटाइएको खबर आउनु दुखद भएको बताएका छन ।

संकटको यो घडीमा सत्ताबाट गरिएका हर्कतहरु नागरिकहरुका लागी असहयै र पिडादायी भएको पनि नेता पौडेलले टिप्पणी गरेका छन ।

यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ ? पौडेलले प्रश्न गरेका छन ।

उनले यस्तो प्रबृत्तिको कडा प्रतिबाद गर्न पनि आग्रह गरेका छन ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहिबार  ९ : ३६ बजे