डडेल्धुरामा कोरोना आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ



कोभिड– १९को आशंकामा गरिएका डडेल्धुराका अमरगढी नगरपालीकाका अन्दाजी २० वर्षीय पुरुषको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

आइतबार अमरगढी नगरपालिका– ९ का ती व्यक्तिको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेक, काठमाण्डौं पठाइएको डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ।

भारतको मुम्बईबाट घर आएको र रुखाखोकी तथा समान्य ज्वरो देखिएकाले डडेल्धुरा उनीको डडेल्धुरा अस्पतालमा ल्याइ थ्रोट स्वाब संकलन गरिएको थियो ।

यसैगरी डडेलधुराको एक अर्को जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ ।

उनको भने रिपोट आउन वाँकी रहेको डडेलधुरा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  १२ : १६ बजे