स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई तत्काल कार्वाही गर्न नेविसंघको माग



कोरोना संक्रमणका कारण जारी लकडाउनलाई जनताले सहयोग गरेकै बेलामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताप्रति नेपाल विद्यार्थी संघले ध्यानाकर्षण भएको जनाएको छ।

अध्यक्ष राजीव ढुंगानले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणसंग जुध्न आवश्यक औषधी र अन्य उपकरणको खरिदका प्रसङगमा उठेका विभिन्न प्रश्नहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

कोरोनाविरुद्धको लडाईमा सरकारले हेलचेक्राई गरेको भन्दै नेविसंघले अनियमिततामा संलग्नलाई कडा कारवाही गर्न समेत माग गरेको छ।

विज्ञप्तिमार्फत अध्यक्षा ढुण्गानाले चार प्रश्‍न समेत उठाएका छन –

१ । डब्लूएचओले तीन महिनाअघि नै कोरोनाको संक्रमणविरुद्धका तयारीमा जुट्न सिंगो संसारलाइ आह्वान गरी सक्दा पनि किन हामी चुप लागेर बस्यौं ?

२ । समय हञ्‍जेल चुप लागेर बसेर, आन्तिम समयमा आएर तीन घण्टा मात्र समय राखेर किन बोलपत्र आह्वा गरियो ?

३ । सामानहरु बजार मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्यमा किन खरिद गरियो ?

४ । किनिएका सामानहरु कमसल र कम गुणस्तरका किन खरिद गरियो ?

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ७ : ०२ बजे