कांग्रेस नेता एबम सांसद गगन थापाले आमनागरिकहरुलाई उचित राहत दिँदै मुलुकलाई चाँडोभन्दा चाँडो यो लकडाउनबाट बाहिर निकाल्ने सरकारको तयारी हदै फितलो देखिएको बताएका छन् । प्रधानमन्त्री ओलिले गरेको सम्बोधनले पनि आम नागरिकरु स्पष्ट हुन नसकेको उल्लेख गर्दै थापाले सामाजिक सञ्जाल ट्विटर मार्फत सरकारलाई लिखित प्रश्न समेत गरेका छन ।
प्रधानमन्त्रीलाई प्रश्न गर्ने अन्य विकल्प नभएकाले सामाजिक सञ्जालमार्फत गरेको थापाको भनाई छ।
नागरिकले गरेको चिन्ता र आक्रोश आधारहीन र प्रायोजित मात्रै हुन् ?, स्वास्थ्य सामग्री खरिदमा सेनालाई अघि सारिएकोमा नागरिकले गरेको चिन्ता र आक्रोश आधारहीन र प्रायोजित मात्रै हुन् ? प्रधानमन्त्रीलाई नेता थापाले प्रश्न गरेका छन ।












