लकडाउन तत्काल हटाउन मिल्दैन : प्रधानमन्त्री ओलि



प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने सम्भावना व्यक्त गरेका छन् । सरकारले तय गरेको लकडाउनको समयावधि वैशाख ३ गते सकिना लागेका बेला प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत कुरा गर्दै कुरा गर्दै लकडाउन त्काल अन्त्य नहुने बताएका हुन ।

भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।ओलिले कोरोना सङ्क्रमण रोकथाम गर्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको पनि प्रष्ट पारेका छन् ।

विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो भिडियो कन्फरेन्स गरेका थिए ।सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।

भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआˆनो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार  १२ : २० बजे