नयाँ वर्ष २०७७ को अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,उपराष्ट्रपती नन्द बहादुर पुन लगायतले शुभकामना ब्यक्त गरेका छन ।नयाँ बर्षको अबसरमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपती भण्डारिले आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गरेकी छन् ।
तेस्तै नयाँ वर्ष २०७७ का अवसरमा भिडियो शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नसकिएसम्मका लागि आफुले पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।
नयाँ वर्ष २०७७ का अवसरमा उपराष्ट्रपती र सभामुख लगायतले पनि शुभकामना ब्यक्त गरेका छन ।








