प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ।
आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ ।
भोलिसम्म कायम गरिएको लकडाउनको समयावधि थप्नेबारे र कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेका कदम र कार्यक्रमको बारेमा समिक्षा भएको उनले बताए ।
अबका थप तयारी बारेमा पनि छलफल भएको बताइएको छ ।








