कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले अहिले सरकारले फजुल खर्च बढाएर कार्यकर्ता पोस्ने समय नभएको बताएका छन ।सरकारले भूमि व्यवस्था आयोगमा भर्खरै गरेको नियुक्तीप्रती लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटर मार्फत नेता पौडेलले यस्तो बताएका हुन ।
नेता पौडेलले कोरोना सङ्क्रमण रोक्ने भूमिकालाई प्रभाबकारी बनाइनुपर्ने अहिलेको पहिलो आवाश्यकता भएको उल्लेख गर्दै भूमि व्यवस्था आयोग र काेभिड १९ संकटको के सम्बन्ध र यसको गठनले कोरोना संक्रमण रोक्न के सहयोग पुन्याउँछ ? सरकारलाई प्रश्न गरेका छन ।
देश अफ्ठेरो परेको अहिलेको अवस्थामा समेत बर्तमान सरकार देश कब्जा गर्ने र पार्टीमा आफनो गुट बलियो बनाउने मौका ठानिरहेको भन्दै नेता पौडेलाले फजुल खर्च बढाएर कार्यकर्ता पोस्ने समय अहिले नभएको सरकारलाई सुझाब दिएका छन ।









