डडेल्धुरामा फितलो लक डाउन



कोरना भाईरसको संक्रमण रोक्नका लागि भन्दै नेपाल सरकारले आह्वान गरेको लक डाउँनको समय वढ्दा गएका वेला डडेल्धुरामा लक डाउँन फितलो हुँदै गएको छ । लक डाउँनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानिय प्रशासन देखी स्थानिय सरकारको कम्जोरीका कारण जिल्ला सदरमुकाम क्षेत्रमा लक प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

जिल्ला सदरमुकामको वागवजार,तुफानडाडा,विद्युत रोड,कृतीपुर वजार , सहित टुडीखेल क्षेत्र लगायतका विभिन्न स्थानमा लकडाउँनको उलंघन भईरहेको छ ।विशेष गरी वागवजार,तुफानडाडाका स्थानियहरु विहान मर्नीङ वाक देखी वेलुकी सडकमा विना काम डुल्ने गरेकाछन् । वजारमा रहेका प्रहरीले रोक्न खोजेपनि अटेर गर्ने गरेको वताइएको छ । प्रहरी प्रशासनले कडाई नगरेका कारण लक डाउँन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा वजार क्षेत्रमा मानिसहरुको गतिविधि वढेको भन्दै लक डाउँन प्रभावकारी रुपमा कार्यान्वयन नभएको प्रति स्थानियले गुनासो गरेका छन् ।

वजार क्षेत्रमा पनि मानिसहरु समुह वनाएर वस्ने गरेका छन् । विशेष गरी वेलुकी मानिसहरु वजार क्षेत्रमा घुम्ने गरेका छन् । देशका अन्य जिल्लामा लक डाउँनमा विना काम हिडडुल गर्ने लाई कारवाही गरेका घटनामा वृद्धि भएको भएपनि डडेल्धुरामा भने प्रहरीले कडाई नगरेको भन्दै स्थानिय वासीन्दाहरुले सामाजिक संजाल मार्फत प्रहरी प्रशासनको आलोचना गरेका छन् । जिल्ला सदरमुकाम सुदुरपश्चिमका पहाडि जिल्लाको केन्द्र विन्दुमा रहेको वागवजार क्षेत्रमा लक डाउन प्रभावकारी नहुँदा कोरना भाईरसको संक्रमणको जोखिम वढेको जानकारहरुले वताएका छन् ।

प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार  ५ : ५९ बजे