सरकारले ल्याएका दुइटा अध्यादेश फिर्ता लिनुपर्छ : कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका दुइटा अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले दुइटा अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको हो।

सभापति देउवाले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएर छलफल गरेका हुन्। कांग्रेसले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएको छ। राष्ट्रपतिले परामर्श नगरी अध्यादेश अनुमोदन गरेकोबारे बैठकमा छलफल भएको थियो।

कोरोनाभाइरस महामारी संकटका बेला नियोजित खेल खेल्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको ठहर छ। ‘सरकारले हिजो जारी गरेका दुइटै अध्यादेश कोरोना संत्रास लड्नेसँग सम्बन्धित छैन,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘लकडाउनका बेला जनता घरमा छन्, यस्तो बेला सरकारको यो खेलप्रति कांग्रेस गम्भीर छ।’

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ८ : ०६ बजे