ओखलढुंगास्थित मोलुङ गाउँपालिकाको सडक मर्मत योजनाको रकम भुक्तानीमा कुरा नमिल्दा गाउपालिका अध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत विच विवाद चर्कीएको छ । गाउपालिका भित्रका विभिन्न सडक मर्मतमा छुट्याएको रकम भुक्तानीको विषयमा लामो समयदेखि भएको टकराव अहिले आएर उत्कर्षमा पुगेको हो ।
विवादकै कारण गाउँपालिका अध्यक्ष मणिराज राईले प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको कार्यकक्षमा बैशाख ९ गते तालाबन्दी गरेका छन् । ‘‘लकडाउन अगाडि देखिनै उहाँले गाउपालिका छाड्नु भन्नु भएको थियो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, गत चैत्र ३० गते सवारी पास सहित घरजाने व्यवस्था वाहाले नै मिलाइदिनुभयो, बैशाख ८ गते कार्यालय आउदा नआउनुस भन्नु भयो ।’ उनले थपे ’ ९ गते कार्यालय जाँदा कार्यकक्षमा तालाबन्दी गरेर हिँड्नुभयो ।’’
गाउपालिका अध्यक्षले कार्यकक्षमा ताला बन्दी गरेपछि प्रमुख प्रशासकिय अधिकृत अहिले कार्यालयको क्वाटामै दिन विताइरहेका छन् । पालिका भित्रका विभिन्न सडक मर्मतका लागि गाउपालिकाले विनियोजन गरेको ६८ लाख बजेटको प्राविधिक स्टीमेट, संझौता र काम सम्पन्नताको कागजात विनै चेक बनाउनका लागि अध्यक्षले आफुलाई पटक पटक दवाद दिएको श्रेष्ठले बताए । आफु सरुवा भएर आउनु भन्दा अघि नै काम सकेको भनिएका सडक मर्मतको खालि कागजमा आफुले चेक नबनाइदिएको उनको दावी छ ।
‘दशैं अगाडी नै मर्मत गरेको भनिएको सडकको इस्टीमेट र सम्झौता नै नभएकाले पालिका भरीको सडक मर्मतको लागि विनियोजित ६८ लाख काजग नमिलेर भुक्तानी रोकेको छु, उनले भने ।’ सोही कारण अध्यक्ष राइले लकडाउन अघि नै पालिका नबस्नुस भनेको उनले गुनासो गरे । चैत्र महिना भर अध्यषसंग कामको विषयमा तालमेल नमिल्दा कुनै काम नभएको श्रेष्ठको भनाइ छ । उनि नियमसंगत भएमात्र काम गर्ने र अध्यक्षले भनेजसरी काम गर्न नसकिने बताउदै आएका छन् ।
प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएको गाउँपालिका अध्यक्ष मणीराज राइले स्वीकार गरे । उनले भने ‘प्रमुख प्रशासकिय अधिकृत चैत्र २८ देखि विना जानकारी कार्यालय बाट बेपत्ता भएका कारण उनले काम गर्ने नैतिक्ता गुमाएको ठहरगरी मैले ताला बन्द गरेको हुँ ।’ कोरोना भाइरसको महामारीले विश्वनै आतंकित भइरहेकोवेला गाउपालिकाका नागरिकलाई सुरक्षित राख्नका लागि औषधि उपचार तथा स्वास्थ्य सेवाका विषयमा निर्णय गर्ने र कार्यन्वायनमा लानुपर्ने अवस्थामा विना जानकारी कर्मचारी हिड्दा कसरी संसार चल्छ ?उनले प्रश्न गरे ।
अधिकृतका कारण क्वारेन्टाइन व्यवस्थापन लगायत धेरै कुरामा समस्या आएको र निजले दिनुपर्ने भुक्तानी समेत नदिई हिडेको राईले दावी गरे । लामो समयपछि ९ गते कार्यालय परिषरमा आएको देखेर उनको कार्यकक्षमा आफैले ताला लगाएको भन्दै उक्त कार्य गल्ती वा ठीक अरुले मूल्यांकलन गर्ने राइको भनाइ छ ।










