कैलालीकी वृद्धाले जितीन कोरोनालाई



सुदूरपश्चिमकी एक वृद्धा कोरोनालाई जितेर घर फर्किएकी छन्। काेराेना निकाे भएपछि कैलालीको लम्कीचुहा नगरपालिका– १ की एक  वृद्धा बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

लगातार दुई पटककाे काेराेना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी उनकाे यसअघि र्‍यापिड टेस्टमा काेराेना नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  १ : १५ बजे