सांसद सुरेन्द्र यादव अपहरण बिरुद्ध जाहेरी दिन नेताहरु प्रहरिमा



जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफुलाईलाई अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन पुगेका छन ।

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहे का यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन  पुगेका हुन ।

यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिन लागेका हुन्।

उजुरी दर्ता गर्न नबगठिट जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरु आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।

फोटो केशब झाको फेसबुकबाट

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  १० : ०१ बजे