माङसेबुङ गाउँपालिकाले राहत वितरणका लागि पुनः पचास लाख जम्मा गर्ने



ईलामको माङसेबुङ गाउँपालिकाकाले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकरले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेकाहरुका लागि राहत वितरणका लागि सो रकम ब्यबस्था गर्न लागेको हो ।

आइतबार बसेको गाउँपालिकाकोे बैठकले विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले यस अघि पहिलो चरणको राहत भने वितरण गरिसकेको छ ।

पहिलो चरणमा गाउँपालिकाले १ हजार १ सय ८६ घरधुरीलाई राहत वितरण गरेको हो ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ७ : २५ बजे