आज बस्ने भनिएको नेकपा सचिवालय बैठक अनिश्चित बनेको छ ।
आन्तरिक किचलो बढिरहेका बेला नेकपाका नेताहरुबिच हिजो भएका बिभिन्न छलफल पछी आज (मङ्गलबार) सचिबालय बैठक बस्ने नेताहरुले जानकारी गराएका थिए ।
पार्टिका बरीष्ठ नेता माधब नेपाल र उनि पक्षिय नेताहरुसग भएको छलफलपछी कुटनितिक , कानुनी र राजनितिक छलफलमा ब्यस्त रहेका प्रधनमन्त्री ओलिले बैठक राख्ने कुनै तयारी नगरेको नेकपा निकट श्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलि सचिबालय बैठक बोलाउन तयार नदेखिएपछी नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाइ भेट्न आज बालुवाटार पुगेका थिए ।दुइ नेताहर बिच सचिबालय बैठक बोलाउने बारेमा छलफल भएको थियो ।छलफलमा सचिवालय बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको भए पनि टुंगो नलागेको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली संसदीय दलमा आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने र आगामी दिनमा आउन सक्ने हर परीस्थितिमा आफुलाई सुरक्षित बनाउने गरी कानुनी, कुटनितिक र राजनितिक छलफल गर्दै अशन्तुष्ट नेताहरुलाई पेलरै जाने रणनितिमा उत्रीएका छन ।
ओलिले पार्टीको संसदीय दलमा बहुमत देखाउने सगै प्रचण्ड र माधव नेपाल समूहको दुरी बढाउने रणनिती लिएका छन ।प्रधानमन्त्री ओलि अहिलेकै अवस्थामा सकेसम्म बैठक टार्ने खेलमा लागेका छन ।अशन्तुष्ट नेताहरुलाई गलाउने र परिस्थिती आफ्नो अनुकुल भएपछी मात्रै बैठक बोलाउने ओलिको तयारी रहेको नेकपाका एक नेताले बताए ।
प्रधानमन्त्री ओलिले सचिबालय बैठक बोलाउन समेत चासो नदेखाएपछी असन्तुष्ट नेताहरु झनै सतर्क बनेका छन ।ओलिले बैठक नबोलाए त्यस पछी के गर्ने भन्ने बिषयमा असन्तुष्ट नेताहरुबिच छलफल हुने र त्यही अनुसारको रणनिती बनाउने नेकपाका एक नेताले बताए ।असन्तुष्ट नेताहरुलाई गलाउने र बिबादित बिषहरुमा समझादारी कायम गरेर मात्रै बैठक बोलाउने तयारिमा प्रधानमन्त्री ओलि रहेको ति नेताले बताए ।
समझादारी कायम हुन नसके बैठक लम्बिदै गर्दा मन्त्रीमण्डल पुनर्गठन गरेर नयाँ मन्त्री बनाउने लगायतका विभिन्न आश्वासन दिएर प्रचण्ड–माधव पक्षका सांसदलाई आफूतिर तान्ने कसरतमा प्रधानमन्त्री ओली रहेको ति नेताले बताए ।
प्रचण्ड र माधब नेपाल एक ठाउमाअ उभिएपछी पार्टी भित्र बहुमत गुमाएका ओलि बैठक बोलाए आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर बैठक बोलाउननै आनाकानी गरिरहेका छन । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न पार्टीभित्र चर्को दबाब छ ।
प्रधानमन्त्री ओलीलाइ अध्यक्ष र प्रधानमन्त्री दुबै पद दुबै नछोडे एक पद भएपनी छोडाउन प्रचण्ड र माधब नेपाल पक्षधर नेताहरु कम्मर कसेर लागेका छन ।








