बाबाहरमहल स्थित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादव अपहरण आरोपको जाहेरी लिन अस्वीकार गरेको छ ।
यस अघी प्रहरिले जाहेरी लिन अस्विकार गरेपछी मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा . सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।
गत आइतबार पूर्व प्रधानमन्त्री डा । बाबुराम भट्टराई सहितका नेताअहरुले जाहेरी दिना खोज्दा काठमाडौंस्थित टेकु प्रहरी परिसरले उजुरी दर्ता गर्न दर्ता गर्न नमानेपछि जसपा जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए।
सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेको जसपाका नेताहरुले बताएका छन ।










