प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वरमा



प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने आग्रह गरे सगै बैठक सञ्चालन गर्ने तयारीको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका हुन ।

सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन गर्ने तयारी थाल्न यस अघी नै संसद सचिबालयलाई आग्रह गरेकाअ थिए ।

संसदको बजेट अधिवेशन गर्न संसद सचिबालयले पनि तयारी थालेपछी प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वर पुगेका हुन ।

बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन पुगेका छन ।

नेकपाको सचिबालय बैठक बस्ने तय भएपनी राजनितिक सङ्कट कायमै

यसैबिच  नेकपाका सचिबालय बैठक आज बस्ने तय भए पनि उक्त दलको आन्तरिक किचलो भने बढिरहेको छ ।

बैठक टारेर असन्तुष्टहरुलाई गलाउने रणनितिमा लागेका प्रधानमन्त्री ओलि हिजो बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसगको भेट पछी बैठक बोलाउन सहमत भएका हुन ।

सचिबालय बैठक बोलाईएपनी असन्तुष्ट नेताहरु प्रधानमन्त्री ओलिसग सतर्क बनेका छन ।

बैठकबाट पनी समझदारी कायम हुन नसके गतिरोध लम्बिदै गर्दा मन्त्रीमण्डल पुनर्गठन गरेर नयाँ मन्त्री बनाउने लगायतका विभिन्न आश्वासन दिएर प्रचण्ड–माधव पक्षका सांसदलाई आफूतिर तान्ने कसरतमा प्रधानमन्त्री ओली रहेको नेकपाका एक नेताले बताए ।

संसदीय दलमा आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने र आगामी दिनमा आउन सक्ने हर परीस्थितिमा आफुलाई सुरक्षित बनाउने गरी कानुनी, कुटनितिक र राजनितिक छलफल गर्दै अशन्तुष्ट नेताहरुलाई पेलरै जाने रणनितिमा प्राधाअनमन्त्री ओलि उत्रीएका छन ।

प्रचण्ड र माधब नेपाल एक ठाउमाअ उभिएपछी पार्टी भित्र बहुमत गुमाएका ओलि बैठक बोलाए आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर बैठक बोलाउननै आनाकानी गरिरहेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न पार्टीभित्र चर्को दबाब छ ।

अहिले नेकपाका नेताहरु आ-आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने रणनितिमा लागेका छन । प्रधानमन्त्री ओलीलाइ अध्यक्ष र प्रधानमन्त्री दुबै पद दुबै नछोडे एक पद भएपनी छोडाउन प्रचण्ड र माधब नेपाल पक्षधर नेताहरु कम्मर कसेर लागेका छन ।

नेकपाको आजको सचिबालय बैठकले पार्टी स्थायी कमिटिको बैठक तोक्ने सम्भाबना रहेको बताइएको छ ।

 

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ६ : २८ बजे