सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले आयोगमा उजुरी दिएका हुन ।
यसअघी प्रहरी र सरकारी वकिल कार्यालयमा पनि अपहरण आरोपको जाहेरी दर्ता नभए पछी आयोगमा उजुरी दर्ता गरिएको जसपाका नेताहरुले बताएका छन ।
बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्।
‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ,
डा . यादवले आयोगका सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।
थप समाचार
सांसद अपहरण आरोपको जाहेरी सरकारी वकिल कार्यालयमा पनि दर्ता भएन
प्रहरिले नलिएपछी महेश बस्नेत र सर्वेन्द्र विरुद्ध जाहेरी दिन जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा
सांसद सुरेन्द्र यादव अपहरण बिरुद्ध जाहेरी दिन नेताहरु प्रहरिमा
समाजवादीलाई हानेको गोली आफैतिर फर्केपछि अध्यादेश फिर्ता : डा.भट्टराई








