प्रेस स्वतन्त्रता कुण्ठित गर्न पाइदैन :कांग्रेस शभापती देउबा



नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको बताएका छन्।विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा पत्रकार तथा मिडियाकर्मीहरूप्रति शुभकामना दिदै देउबाले यस्तो ब ताएका हुन । सन्देशमा देउवाले ‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’

यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको बताउँदै देउवाले त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको रहेको स्पष्ट पारे। ‘प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टी राख्न मिल्दैन,’ सन्देशमा भनिएको छ, ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने रु वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रुपले अपील गर्न चाहन्छु।’

उनले सन्देशमा भनेका छन्, ‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ। यसका केही संकेत सरकारका अभिव्यक्ति र ब्यवहारमा देखिएका छन्। संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ। लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंग माथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै नेपाली कांग्रेस सदैव त्यस विरुद्ध प्रखर रुपले उभिने छ।

प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार  ८ : १२ बजे