लक डाउनका कारण कोही पनि भोकै वस्नु नपरोस भन्दै नेपाली कांग्रेस डडेल्धुराका नेता एवं कार्यकताहरुले राहत वितरण गरेको छ । विशेष गरी ज्यालादारी मजदुरका साथै असंगठित मजदुरका लाई वितरण गर्नका लागि भन्दै जिल्लाका सातवटै स्थानिय तहलाई नेपाली कांग्रेस डडेल्धुराका नेता एवं कार्यकर्ताहरुले ७० क्वीन्टल चामल, ३ सय ५० किलो दाल,र ३ सय ५० किलो नै नुन वितरण गरेको हो ।
जिल्लाका सातवटै स्थानिय तहलाई प्रति स्थानिय तह लाई १० क्वीन्टल चाम,५० किलो दाल र ५० किलो नुन वितरण गरेको हो । डडेल्धुरा स्थित नेपाली कांग्रेसका नता तथा कार्यकर्ता वाट संलग्न भएको आर्थीक सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराको समन्वयमा जिल्लाका सातवटै स्थानिय तहमा राहत वितरण गरेको नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराका अध्यक्ष टेकराज पाण्डेयले वताउँनु भयो ।
देश संकटमा परेका वेला आफुहरुले पनि थोरै भएपनि सहयोग गर्नु पर्ने उदेश्य लिएर नेपाली कांग्रेस डडेलधुराका नेता एवं कार्यकर्ताहरुले संकलन गरेको राहत लाई स्थानिय तह मार्फत ज्यालादारी मजदुर देखी विपन्न वर्गलाई राहत वितरण गरेको नेपाली कांग्रेस डडेल्धुराका पुर्व सभापति रघुवर भटट्ले वताउँनु भयो । ‘जिल्लाका सातवटै स्थानिय तहमा गएर चामल,दाल र नुन दिएको हो ।, उनले भने । ‘जस्वाट जिल्लामा रहेका अति विपन्न परिवारका साथै ज्यालादारी मजदुरलाई छाक टार्नका लागि सहज हुने भएको छ ।’
जिल्लाका सातवटै स्थानियमा गएर नेपाली कांग्रेस डडेल्धुराका सचिव लक्ष्मी प्रसाद अवस्थीले स्थानिय तहलाई राहत वितरण गर्नु भएको थियो । जनतालाई संकट परेका बेला नेपाली कांग्रेस जहिले पनि जनताको सुख दुखमा रहेकाले कसैले पनि भोक भोकै वस्नु नपर्ने सचीव अवस्थीले वताउनु भयो ।
राहतका साथै सुरक्षाका सामग्री पनि वितरण गर्नका लागि तयारी भईरहेको नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराका अध्यक्ष पाण्डेयले वताउँनु भयो । कोरना भाईरसको जोखिमका समयमा जोखिम मोलेर काम गर्ने सुरक्षा कर्मी, संचारकर्मी, स्वास्थ्य कर्मी सहित यातायात चालकलाई सुरक्षाका सामग्री दिनका लागि छलफल भईरहेको समेत अध्यक्ष पाण्डेयले वताउँनु भयो ।
राहत वितरण अभियानमा जिल्ला समन्वय समिती प्रमुख तथा कांग्रेस नेता गणेश राज भट्ट, कांग्रेस र्पुव जिल्ला सभापति रघुवर भट्ट, परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँद, ट्रेड युनीयन कांग्रेस डडेल्धुरा अध्यक्ष टेकराज पाण्डेय, सुभेच्छुक संस्था स्वास्थ्यकर्मी संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रेम बहादुर महरको सहभागिता रहेको थियो ।










