सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठक बिबादित बनेको बालुवाटार श्रोतले जनाएको छ ।
भोली बस्ने पार्टी स्थायी समितिको बैठकम पेश गर्ने एजेण्डा तय गर्न आज सचिबालय बैठक बसेको हो ।
स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ।
बैठकमा प्रधानमन्त्री ओलीसग असन्तुष्टहरुले एक ब्यक्ती एक पदको बिषय उठाएपछी दुई पक्षबीच चर्काचर्की भएको बताइएको छ ।
बैठकको सुरुवातमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट बनेका थिए ।
चर्काचर्कीपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बैठकबाट बाहिरिएका छन् ।
नेकपाको बिबाद जस्ताको तस्तै : स्थायी कमिटी बैठक अनिश्चित
भोली बस्ने भनिएको नेकपा स्थायी कमिटिको बैठक अनिश्चित बनेको छ । भोलिको स्थायी कमिटि बैठकमा पेश गर्ने एजेन्डा तय गर्न आज बसेको सचिबालय बैठक अनिर्णित बनेपछी स्थायी कमिटिको बैठक पनि अनिश्चित भएको हो ।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् ।त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
गत शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मआलोचना गर्दै सबै जना मिलेर अघि बढ्ने सहमती बनेको भनिए पनि नेकपा भित्रको बिबाद झन बढेर गएको छ ।
प्रधानमन्त्री ओलिले दुइ पद मध्य एक पद छोड्नुपर्ने ओलिसग असन्तुष्ट नेताहरुले अडान लिएका छन भने प्रधानमन्त्री ओलि कुनै पनि पद छोड्न तयार देखिएका छैनन ।
यससगै नेकपा भित्रको शक्ती सङ्घर्ष अझै बढेर जाने देखिएको छ ।








