प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई



पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन । आजबाट शुरु भएको संसद बैठकमामा बोल्दै पूर्वप्रधानमन्त्री  भट्टराईले प्रधानमन्त्रीमाथी नैतिक र राजनितिक प्रश्न उठिसकेकाले अब पदबाट राजिनामा दिनुपर्ने माग गरेका हुन ।

प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावक भएर बस्नुपर्ने अवस्था आएको बताउदै उनले भने “प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ, राजीनामा दिनुनै उपयुक्त हुन्छ ।”

आजबाट शुरु भएको बैठकमा सरकार र प्रधानमन्त्री ओलिको चर्को बिरोध भएको छ ।नैतिकताका आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग भएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  १२ : १६ बजे