डडेल्धुरा अमरगढी नगरपालीका वडा नम्वर ६ का वडा अध्यक्ष गोविन्द राज भटट्ले घर भाडा नलिने घोषणा गर्नु भएको छ । लक डाउनका कारण विद्यार्थीलाई समस्या भएको भन्दै अमरगढी नगरपालीका सदरमुकाममा रहेको घरमा वस्दै आईरहेका विद्यार्थीवाट घरभाडा नलिने घोषणा गर्नु भएको हो ।
प्रति महिनाको ३ हजार ५ सय रुपैयाले हुन आउने रकम लक डाउन अवधीभरको सम्पुर्ण रकम नलिने अध्यक्ष भटट्ले वताउँनु भयो । ‘समस्यामा परेकालाई सहयोग गर्नु मानव धर्म भएकाले आफुले कोठा भाडा छुट गरेको हु ।,उहाले भन्नु भयो । ‘ पैसा नै सवैथोक हैन,समस्या भएका वेला सहयोग गर्नु पर्ने भावनाले अरुले पनि लक डाउन अवधीभर घर भाडा छुट गर्नु पर्दछ ।’
हुनेले नहुँनेलाई सहयोग गर्नु अहिलेको आवश्यकता भएकाले आफुले विद्यार्थीवाट कोठा भाडा नलिने अध्यक्ष भटट्ले वताउँनु भयो । अध्यक्ष भटट्को घरमा दुई जना विद्यार्थी दुई कोठामा वस्दै आईरहेका छन् । अध्यक्ष भटट् नेपाली कांग्रेसका हुन् ।










