लिपुलेकमा सडक निर्माण रोक्न भारतलाई नेकपाले गर्‍यो आग्रह



सत्तारुढ नेकपाले नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको विज्ञप्तिमा भारतको यो कार्यले नेपालको सार्वभौमिकतालाई कमजोर आँकिएको ठहर नेकपाले गरेको उल्लेख गरिएको छ ।

दुई देशबीचको समान सार्वभौमिकताको सिद्धान्त, भौगोलिक अखण्डता र परस्पर हितमा आधारित सम्बन्धमा आफ्नो पार्टीले विश्वास गर्ने नेकपाको भनाइ छ। बिज्ञप्तिमा कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला भारतले यस्तो कदम चालेको भन्दै नेकपाले दुःख व्यक्त गरेको छ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार  २ : २७ बजे