भारतका विरुद्धमा नेविसंघ द्धारा डडेल्धुरामा विरोध प्रर्दशन



भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरिएको छ। भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा नेपाल विद्यार्थी संघले शनिबार प्रदर्शन गरेको हो। लकडाउनकै बीच शनिबार जिल्ला सदरमुकाम वागवजार भीमदत्त चोक नजिकै ‘गो ब्याक इण्डिया, केपी सरकार राजीनामा दे लगायतका नारालगाउँदै प्रदर्शन गरिएको हो।

लक डाउनका समयमा सामाजिक दुरी कायम राख्दै भारतका विरुद्धमा कालोपट्टी वाँधेर विरोध जनाएको नेपाल विद्यार्थी संघका नेता जगत ऐरले वताउँनु भयो ।नेपालको भुमि मिचेर भारतले हेपाहा प्रवृति देखाएको वताउँदै नेता ऐरले यस्का वारेमा नेपाल सरकारले आफ्नो भुमि फिर्ता गर्नका लागि कुटनितिक पहल गर्नुे धारणा राख्नु भयो । शनिवारको आन्दोलन सांकेतीक मात्रै भएको र आगामी दिनमा आन्दोलन चर्काउँदै लैजाने समेत नेता ऐर चेतावनी दिनु भएको छ ।
अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता नभए अन्दोलनका कार्यक्रम अझ सशक्त बनाउँदै लैजाने नेविसंघ नेता जगत जानकारी दिए। सीमा मिचेर भारतले लिपुलेकसहित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध सुरु भएको हो

प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार  ५ : ३३ बजे