नेपाली काँग्रेसका नेता तथा सांसद गगनर थापाले भारतको दादागिरी र त्यसमा चीनको समर्थनको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने बताएका छन ।आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन ।
नेता थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गर्दै नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न सरकारलाई आग्रह गरे ।
केही समय अगाडी रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उनले आक्रोश व्यक्त गरे । थापाले त्यस भ्रमणलाई तिर्थयात्रा थियो ? भनेर प्रश्न गरे ।








