लिपुलेकका बारेमा चीनलाई पनि पत्राचार गरिएको छ : परराष्ट्रमन्त्री ज्ञवाली



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेकका बारेमा चीनलाई पनि पत्राचार गरिएको बताएका छन ।आइतबारको प्रतिनिधिसभाकाे बैठमा बाेल्दै मन्त्री ज्ञवालीले यस्ताे जानकारी दिएका हुन ।

‘लिपुलेकका बारेमा चीनलाई पनि पत्राचार गरिएको छ,’ उनले भने, ‘नेपालको धारण समय-समयमा प्रष्ट पार्ने काम भइरहेको छ।’मन्त्री ज्ञवालीले सुगौली सन्धिपछि भारतसँग अर्को कुनै सीमासम्बन्धी सम्झौता नभएको समेत स्पष्ट पारे । उनले सुगौली सन्धिले नै नेपालको सीमा निर्धारण गरेको बताए ।

मन्त्री ज्ञवालीले भौगाेलिक अखण्डता र राष्ट्रियतालाई कायम राखेर अघि बढ्ने बताउँदै सबै खालका उपाय अवलम्बन गर्ने कुरामा आएका सुझावलाई ध्यानमा राखेर काम गर्ने जानकारी गराए।

प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार  ६ : ३१ बजे