नेपालको भुमी एक इन्च मिचिएको पनि स्विकार्य हुँदैन : कांग्रेस महामन्त्री कोइराला



कांग्रेस महामन्त्री सशांक कोइरालाले नेपाली कांग्रेसले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको विषय गम्भिर भएको बताएका छन ।

नेपाली भुमी लिपुलेकमा भारतले सडक खनेको बिशयमा  प्रतिक्रीया दिदै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।

कोइरालाले भारतीय हस्तक्षेपको समाधान खोज्न नेपाली कांग्रेसले कुटनीतिक माध्यमवाट दवाव दिने पनि उल्लेख गरे ।

महामन्त्री कोइरालाले नेपालको भूमि अतिक्रमण गरी सडक बनाउने विषय अत्यन्त संवेदनशिल भएकाले एक इन्च पनि आफ्नो भूमि अरुलाई दिननहुने तर्फ सरकार संवेदनशिल हुनुपर्ने बताए ।

नेपालको एक इन्च पनि आफ्नो भूमि मिचिएको स्विकार गर्न नसकिने कोइरालाले उल्लेख गरे ।

चिन र भारत सग तत्काल बार्ता गर्न पनि कोइरालाले सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार  ७ : ०२ बजे