देशको भुमी अतिक्रमण गर्दा पनि सरकार वक्तव्यमा मात्रै सीमित भएको कांग्रेसको निष्कर्ष



भारतले नेपाली भूमि अतिक्रमण गरी एकतर्फी सडक बनाएको विषयमा सरकार वक्तव्यमा सीमित भएको कांग्रेसले निष्कर्श निकालेको छ ।

कांग्रेस शभापती शेर बहादुर देउबाले बिज्ञप्ती जारी गर्दै एस्तो बताएका हुन ।

सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको बिज्ञप्तिमा देउबाले स्मरण गराएका छन ।

नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थाल्नुपर्ने कांग्रेसको निश्कर्ष छ ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार  ७ : ३८ बजे