डडेल्धुरा सदरमुकामा लकडाउनको उल्लंघन गर्ने बढेपछि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुनै चेकजाँचमा सडकमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख गणेशदत्त ओझा र प्रहरी प्रमुख दधिराम न्यौपाने आफै सडकमा चेकजाचँ तथा सचेतना फैलाउन लागि परेका छन् ।
आईतवार विहान देखी जिल्ला सदरमुकाम लगायत तुफानडाडा,कृतिपुर लगायतका वजारमा लक डाउनको उलंघन भएपछि सुरक्षा निकायका प्रमुखनै सडकमा आएका हु्न् । अनुमती बिनाका सवारी साधन आवत जावत बढेको गुनासो आएपछि उनीहरुले सदरमुकामको तुफाँडाडा र बागबजार क्षेत्रमा निगरानी बढाएको जनाएका छन् ।
चेकजाँचका क्रममा पास नलिनुका साथै अत्यावश्यकीय कामविनै यातायातका सवारी साधन चलाएपछि दर्जनौ मोटरसाईकिल लाई नियन्त्रणमा लिई केही घण्टा पछि छोडीएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी ओझाले वताउँनु भयो । विना काम घरवाहिर ननिस्कन उहाले आग्रह समेत गर्नु भयो ।
यस क्रममा ३ जनालाई प्रहरी निणन्त्रणमा लिएको छ भने दर्जनैँ मोटरसाईकल लामो समय नियन्त्रणमा लिइएको थियो । लक डाउनको पालना गराउनका लागि आग्रह गर्दा पनि अटेरी गरेपछि कारवाहीका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्ष न्यौपानेले वताउँनु भयो । अत्यावश्यकीय कामका लागि आएकाहरुलाई विना पास पनि छोडीएको थियो । आईतवार सुरक्षा निकायका प्रमुखनै सडकमा आएर लक डाउन उलंघन गर्नेलाई कारवाही गरेपछि स्थानियहरुले धन्यवाद दिएका छन । लक डाउनको उलंघन गर्नेलाई कारवाही गर्नमा पछि नहट्न समेत स्थानियहरुले माँग समेत गरेका छन् ।
जिल्ला सदरमुकाम क्षेत्रमा तरकारी पशल दिनभर जसो खुला रहने गरेकाले वजारमा लकडाउनको उलंघनका घटना वढी हुने प्रहरीले वताएको छ । तरकारी पशलका लागि पनि समय तोकेमा वजारमा हुने भिडभाडलाई नियन्त्रण गर्नका लागि सहज हुने पनि प्रहरीले वताएका छन् ।
सरकारले आईबारदेखि सबै बैंकहरुका साथै कार्यालय पनि संचालन गर्ने निर्णय गरेपछि सदरमुकाम क्षेत्रमा भिडभाड बढेको जनाईएको छ । साथै वागवजार क्षेत्र सहित तुफानडाडामा पनि अत्यावश्यकीय वाहेकका पशल पनि खोलीएका थिए ।










