नेकपा नेता माधव कुमार नेपालले नेपाल र भारतबीचको खुला सिमानामा काँडेतार वा पर्खाल लगाउन सुझाब दिएका छन ।
संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने सुझाब दिएका हुन ।
उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न र आवश्यक परे सिमानामा काडेतार लगाउन समेत सरकारलाई सुझाब दिए । ।
समितिमा बोल्दै नेता नेपालाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर दिएको अभिव्यक्ति प्रती माफी माग्न समेत सुझाव दिएका छन् ।








