लिपुलेकमा सडक उद्घाटन गरेकोबारे सरकारले भारतलाई दियो ‘कूटनीतिक नोट’



नेपाली भुमिमा भारतले सडक बनाएर उद्घाटन समेत गरेपछी देशैभरी आक्रोश बढिरहेका बेला नेपाल सरकारले लिपुलेकबारे भारतलाई आधिकारिकरुपमै ‘कूटनीतिक नोट’ पठाएको छ ।

सोमबार भारतीय राजदूत विनय महोन क्‍वात्रामार्फत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कूटनीतिक नोट पठाएका हुन ।

भारतले भने कोरोना भाइरस सङ्क्रमणको अहिलेको अवस्थाअ सकिए पछी मात्रै यस बिषयम कुरा गर्न सकिने बताएको बुझिएको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछी नेपालमा भने दिनहु जस्तै प्रदर्शन हरु भइरहेका छन ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  १० : ५९ बजे