नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारलाई देउबाको आग्रह



नेपाली कांग्रेसका शभापती शेर बहादुर देउबाले कोरोना भाइरसको महामारीमा संक्रमितको उपचार र हेरचाहमा खटिएका नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारलाई गरेका छन । विश्व नर्स दिवसको अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दै सभापती देउबाले यस्तो आग्रह गरेकाअ हुन ।

शभापती देउबाको शुभकामना सन्देश

वैशाख ३०, २०७७

नर्स सँगै सबै स्वास्थ्यकर्मीको उच्च मनोबलको उच्च कदर गर्दै,
विश्व नर्स दिवसको र्हािर्दक शुभकामना १

विश्व नर्स दिवसको यस अवसरमा नर्सिङ पेशामा क्रियाशील सबै जनालाई नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मुलुक— अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा छ । यतिबेला स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको हुन्छ । आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु ।

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनु भएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र उहाँहरुको मनोवल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको
छ । विश्व नर्स दिवसको अवसरमा पनि सरकारको पुनः ध्यानाकर्षण गराउँदै नर्सिङ क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा पुनः शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल

शेरबहादुर देउवा
सभापति

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार  ६ : ०४ बजे